+
+

थाइल्याण्डमा सुशान्तसँग मलिना

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १२ गते १३:४६

नायिका मलिना जोशी जिम ट्रेनर सुशान्त प्रधानसँगको प्रेममा रहेको चर्चाले चलचित्र बजार फेरि गर्मिएको छ । पूर्व मिस नेपाल समेत रहेकी मलिना चलचित्रको पर्दामा सुखद यात्रा गर्न सकिरहेकी छैनन् । तर, मलिनाको जीवनमा प्रेमको चर्चा भने सधै चलिरहेको पाइन्छ ।

हालै मात्र, मलिना जीम ट्रेनर सुशान्त प्रधानसँग थाइल्याण्ड घुमघाममा रहेको तस्बिर सार्वजनिक भएसँगै उनीहरु प्रेममा रहेको चर्चा चुलिएको हो । उनीहरुले थाइल्याण्ड यात्राको तस्बिर निर्धक्क सामाजिक संजालमा शेयर गरिरहेका छन् । यसैले पनि यी दुइको प्रेम सार्वजनिक भएको हो ।

मलिनाले जब हामीहरुले थाइल्याण्डमा मिठो खानेकुरा खायौं भन्दै सुशान्तसँगको तस्बिर आफने इन्स्टाग्राममा राखेकी छिन् । यसमा प्रतिक्रिया दिदै नायिका स्वस्तिमा खड्काले, तिमीले यति ठूलो साथ पायौं भनेर प्रतिक्रिया दिदै गर्दा मलिनाले हुन सक्छ भनेर जवाफ फर्काएकी छिन् ।

मलिनाको यस अगाडि नायक अनुप विक्रम शाहीसँग लामो प्रेम सम्बन्ध थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?