१४ जेठ, वीरगञ्ज । वीरगञ्जमा साइकल यात्रीको सुरक्षाका लागि भन्दै रातिमा टल्किनै स्टिकर टाँस्ने अभियान सुरु गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले अभियान अन्तर्गत वीरगञ्जको माइस्थानमा मंगलबार मात्रै ३०० वटा साइकलमा रातिमा टल्कने स्टिकर लगाइएको छ ।
माइस्थान चोकमा कामको खोजीमा आएका श्रमिकले प्रयोग गरेका साइकल र अन्य गरी ३०० वटामा स्टिकर लगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।
सडक बत्ति नभएको ठाउँमा साइकलको यात्रा जोखिमयुक्त रहेकोले साइकल यात्रुको सुरक्षाका लागि अभियान सञ्चालन गरिएको ट्राफिक प्रहरी निरीक्षक राजकुमार सिंहले जानकारी दिए ।
यसअघि तीन पटक गरेर झण्डै ७ सय साइकलमा स्टिकर टाँसिएको प्रहरी निरीक्षक सिंहले बताए ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत व्यवस्थित वीरगञ्ज अभियानसँगको समन्वयमा रोटरी क्लब अफ वीरगञ्जले ५०/५० फिटको दुई रोल स्टिकर ट्राफिक प्रहरीलाई दिएको छ ।
वीरगञ्ज महानगरपालिका नगरको छेउछाउको गाउँबाट आउने साइकल यात्रीलाई अभियानले लाभ पुग्ने व्यवस्थित वीरगञ्ज अभियानका संयोजक दिलिपराज कार्कीले बताए ।ब
दुई दिनपछि वीरगञ्ज महानगरपालिका-१९ स्थित तिलावे पुल क्षेत्रमा साइकलमा रातमा टल्कने स्टिकर टाँस्ने कार्यक्रम सञ्चालन गरिने ट्राफिक प्रहरीले जनाएको छ ।
पर्साको पश्चिमी क्षेत्रमा पर्ने ग्रामीण क्षेत्रबाट हजारौंको संख्यामा रोजगारीका लागि बजार क्षेत्र आउने साइकल यात्री तिलावे हुँदै ओहोरदोहोर गर्ने गर्छन् ।