+
+

देशैभरका सामुदायिक विद्यालयका छात्रालाई सेनेटरी प्याड निःशुल्क

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १५ गते १६:५०

१५ जेठ, काठमाडाैं । सरकारले देशैभरका सामुदायिक विद्यालयका छात्राका लागि सेनेटरी प्याड निःशुल्क बितरण गर्ने भएको छ । आर्थिक वर्ष ०७६/७७ को बजेटमार्फत सरकारले सो कार्याका लागि यथेष्ट बजेट बिनियोजन गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।

यस्तै, सरकारले बेरोजगार युवालाई सीप सिकाएर स्वरोजगार बनाउन बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष ०७६/७७ को बजेटमा सरकारले सो कार्याका लागि १ अर्ब ७२ करोड रुपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री खतिवडाले बताएका छन् । उक्त रकमले ८३ हजार युवालाई सीप सिकाउन सकिने सरकारले लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?