+
+

१३ जना सवार भारतीय वायुसेनाको विमान वेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २१ गते ८:००

२१ जेठ, काठमाडौं । १३ जना सवार भारतीय वायुसेनाको विमान वेपत्ता भएको छ । सोमबार दिउँसो एक बजेदेखि विमान सम्पर्कविहीन भएको र खोजी कार्य तीव्र पारिएको भारतीय समाचार एजेन्सी एएनआईले लेखेको छ ।

रुसमा निर्मित एएन-३२ विमान सोमबार दिउँसो १२ बजेर २७ मिनेटमा जोरहाटबाट अरुणाचल प्रदेशको शि-योमी जिल्लाको मेनचुका एडभान्सड ल्याण्डिङ ग्राउन्डका लागि उडेको थियो । तर करिब एक बजेदेखि विमानको सम्पर्क टुट्यो ।

वायु सेनाले दुर्घटनास्थलको सम्भावित स्थानको बारेमा केही सूचना प्राप्त भएको र खोजी कार्य जारी रहेको जनाएको छ । खोजी कार्यका लागि हेलिकोप्टरहरुलाई परिचालन गरिएको छ । तर, विमान फेला परेको छैन ।

विमानमा चालक दलका आठ सदस्य र पाँच यात्री थिए । विमान खोजी कार्यमा वायुसेनाले भारतीय स्थल सेना र बिभिन्न सरकारी एजेन्सीहरुको मद्दत पनि लिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?