Comments Add Comment

वर्षाले पखालेको काठमाडौं (फोटो फिचर)

२४ जेठ, काठमाडौं । शुक्रबार विहान सबेरै काठमाडौैं लगायत देशका धेरै ठाउँमा हावाहुरीसँगै वर्षा भयो । सुदुरपश्चिमको कैलालीमा त २ जनाको मृत्यु भयो भने एक सय भन्दा धेरै घाइते भए । अन्य ठाउँमा मानवीय क्षति नभए पनि हावाहुरीसँगै वर्षा भयो ।

विहानको मौसम त्यति सुखद नभए पनि त्यसपछि भने देशका धेरै ठाउँमा मौसम खुलेर सफा देखियो । हावाहुरीसँगै आएको पानीले वायुमण्डलमा रहेका धुलोका कण जमिनमा झारेकाले मौसम सफा देखिएको मौसमविदहरु बताउँछन् ।

काठमाडौंमा विहान १० बजेपछि चर्को घाम लागेको थियो भने मौसम सफा देखियो । नजिकैका डाँडाहरुमा हिमाल टल्किएको देखिन्थ्यो । धुवाँ धुलोका कारण प्रायजसो तुवाँलो लागेजस्तो देखिने काठमाडौंमा मौसम सफा भएको दृश्य कमै देख्न पाइन्छ ।

मौसमविद शान्ति पनेरुले वर्षाले धुलोका कण पखालेका कारण मौसम सफा देखिएको बताइन् । विहानदेखि खुलेको मौसम अपरान्हतिर भने फेरि बदली सुरु भएको छ ।

हेर्नुहोस् तस्वीरहरु :

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment