Comments Add Comment

ऐश्वर्यादेखि कट्रिनासम्म, जसलाई सलमानले थप्पड हाने

बलिउड नायक सलमान खान निकै दयालु देखिन्छन् । उनी दयालु हुन थालेको पछिल्लो एक दशक भयो । त्यो अघि उनको शैलीले धेरैलाई तनाव पनि दिएको छ । ‘दंबग ब्याई’ सलमानले धेरै ठाउँमा आफ्नो दंबग रुप देखाएका छन् । सलमानले धेरै चोटी अरुलाई थप्पड हानेका छन् ।

हालै सलमानले एक सेक्युरेटी गार्डलाई थप्पड हानेको भिडियो निकै भाइरल भएको थियो । ‘भारत’को प्रचारमा हिडेका सलमानलाई भेट्न आएका सानो बच्चालाई धकेलेको भन्दै सलमानले सेक्युरेटी गार्डको गालामा थप्पड मारेका थिए ।
जब सलमानले थप्पड हानेको कुरा आउँछ, त्योसँगै बलिउडका केही सेलिब्रिटिहरुको नाम पनि सँगै जोडिएर आउँछ । सलमानले बलिउडका नाम चलेका कलाकारको गालामा पनि थप्पड बजारेका छन् ।

कुरा सुरु गरौँ, रणवीर कपुरसँगको प्रसंगबाट । सलमानले रणवीर कपुरलाई समेत थप्पड हानेका छन् । जुन समयमा रणवीर बलिउडमा आएकै थिएनन् ।सलमान र रणवीर एक पार्टीमा सहभागी थिए । त्यो बेला सलमानले रणवीरलाई चिन्दैन थिए । त्यहाँ उनीहरु बिच विवाद भयो र सलमानले रणवीरको गालामा थप्पड मारे ।

सलमानले थप्पड मारेको कुरा रणवीरले आफ्नो पिता ऋषि कपुरलाई सुनाए । सलमान पिता सलिम खान र ऋषि कपुरको निकै राम्रो सम्बन्ध थियो । ऋषि मार्फत यो कुरा सलिमसम्म पुग्यो । सलिमले सलमानलाई गाली गरे र तुरुन्त माफी माग्न लगाए ।

सलमानको यस्तो स्वभाव उनको पूर्व प्रेमिका तथा नायिका ऐश्र्वया राय बच्चनसँग पनि देखिएको थियो । जुन समय सलमान र ऐश्वर्या प्रेममा थिए, त्यो समय सलमानले ऐश्वर्याको गालामा थप्पड मारेका थिए । ऐश्वर्या आफैले पनि सलमानले आफूलाई कुटपिट गर्ने गरेको बोलेकी छिन् । उनीहरुको ब्रेकअपको कारण पनि यही बताइन्छ ।

ऐश्वर्या फ्लाटमा एक्लै बस्ने गर्थिन् । सोही बेला सलमान रक्सीको नसामा उनको कोठामा पुगेका थिए । ऐश्वर्याले सलमान मातेर आएको देखेपछि ढोका खोलिनन् । धेरै समय सलमानले भनेपछि उनले ढोका खोलिन् । त्यही समयमा सलमानले ऐश्वर्याको गाला रन्काए ।

उनले अर्की प्रेमिका तथा नायिका कट्रिना कैफलाई समेत थप्पड हानेका छन् । कट्रिनालाई भने सलमानले छोटो लुगा लगाएको भन्दै थप्पड हानेका थिए । ‘एक था टाइगर’को छायांकनको समयमा कट्रिनाले छोटो कपडा लगाइन् । जुन कुरा सलमानलाई मन परेन । उनले आफ्नो रिसलाई रोक्न सकेनन् र कट्रिनाको गालामा थप्पड हाने ।

सलमानले फिल्म मेकर सुभाष घइको गाला चड्काएको कुरा आफै स्विकारेका छन् । उनीहरुको आन्तरिक विवादको कारण सलमानले थप्पड मारेका थिए । विवाद चुलिदै गएपछि सुभाषले सलमानको गर्धनमा समाते । सलमानको क्रोधको सिमा रहेन । उनी जुरुक्क उठे र सुभाष घइको गालामा तेजिलो थप्पड मारे ।

सलमानको खानको यस्तो स्वभाव अहिले कम देखिन्छ । ‘विइङ्ग ह्यूमन’ नामक संस्था खोलेपछि उनमा यो परिवर्तन आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment