+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

विद्यार्थी संगठनले जलाए लोकसेवा अध्यक्षको पुत्ला

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ३२ गते १८:१४

३२ जेठ, सप्तरी । स्थानीय तहमा कर्मचारी माग गर्दै खोलेको विज्ञापनलाई लिएर सप्तरीमा लोकसेवा आयोगका अध्यक्षको पुत्ला जलाइएको छ ।

विद्यार्थी संगठनहरुले शनिबार राजविराजस्थित स्थानीय जनआन्दोलन चोकमा लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको पुत्ला जलाएका हुन् । यसमा सत्तारुढ नेकपाको विद्यार्थी संगठन अखिल क्रान्तिकारी समेत सहभागी थियो ।

लोकसेवा आयोगले हालै निकालेको विज्ञापन संविधानविपरित असमावेशी रहेको भन्दै उनीहरुले विज्ञापन रद्द गर्नुपर्ने माग गरेका छन् । साथै आयोग अध्यक्ष मैनालीको राजीनामा माग गरेका छन् ।

‘यो विज्ञापनले संविधानमा प्रदत्त अधिकार खोसिएको छ’ राजपा निकट विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष किशोर कुमार यादवले भने, ‘यो विज्ञापन रद्द गरेर लोकसेवा अध्यक्षले राजीनामा नदिए कडा आन्दोलन हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?