Comments Add Comment

५४ जना जेष्ठ एकल महिला सम्मानित

८ असार, काठमाडौं । मानवअधिकारका लागि महिला, एकल महिला समूहले ९ औं अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाएको छ । ‘एकल महिलाहरुको आर्थिक शसक्तिकरण दिगो विकासको लक्ष्यको आधार’ भन्ने नाराका साथ दिवस मनाएको हो ।

बूढानिलकण्ठ नगरपालिका मेयर उद्धवप्रसाद खरेलको प्रमुख आतिथियतामा भएको कार्यक्रममा नगरपालिकाको वडानम्बर ६ र ७ का ५४ जना जेष्ठ एकल महिलालाई सम्मान गरिएको छ ।

कार्यक्रममा मेयर खरेलले एकल महिला तथा जेष्ठ नागरिकहरुको लागि हरप्रहर सहयोग गर्न आफू तयार रहेको ताए ।

संस्थाकी संथापक लिली थापाले एकल महिलाका जिउँदो इतिहासहरुलाई सम्मान गर्न पाउँदा हषिर्त भएको बताइन् ।

कार्यकम मानब अधिकारका लागि महिला, एकल महिला समूहका अध्यक्ष कुन्दा सर्माको अध्यक्षतामा सम्पनन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment