+
+

र्‍याडिसन होटलले गर्‍यो एसओएस बालग्रामलाई सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ८ गते १८:३३

८ जेठ, काठमाडौं । र्‍याडिसन होटल नेपालले समाजिक उत्तरदायित्व अन्तर्गत एसओएस बालग्राम सानोठिमीलाई आर्थिक सहयोग प्रदान गरेको छ । होटलले विशेष गरी जिम्मेबार व्यवसायका लागि थिबक प्लानेट, थिबक कम्यूनीटी, थिबक पिपुल भन्ने सारमा जुन महिनालाई सिएसआर महिनाको रुपमा मनाउदै आएको छ ।

होटलले जुन १९ मा ‘मेक अ डिफरेन्स्’ क्याम्पीयन आयोजना गरेको छ । यो अक्टुवर २०१८ देखि संचालन भएको कार्यक्रम हो । यो कार्यक्रम विश्व भरिका र्‍याडिसन होटल समुहका होटलहरुमा ६ महिनासम्म चलेको थियो जस अन्तर्गत प्रत्येक र्‍याडिसन होटल समुहका होटलहरुले एस.ओ.एस बालग्रामलाई विक्रि भएको प्रति कोठा एक डलरका दरले रकम उपलब्ध गराएको थियो ।

सोही कार्यक्रम अन्तर्गत र्‍याडिसन होटल, काठमाडौले पनि गत अक्टुवर, २०१८ देखि मार्च, २०१९ सम्म संकलित ९०१ अमेरेकी डलर एसओएस बालग्राम, सानोठिमीलाई प्रदान गरेको हो । सो रकम होटलको मानव संसाधन निर्देशक किरण पन्त समेत सहभागी एक कार्यक्रममा होटलका रुम डिभिजन म्यानेजर दिपक मान प्रधानले एस.ओ.एस बालग्रामका नेशनल डाइरेक्टर इश्वरी प्रसाद शर्मालाई हस्तान्तरण गरे । होटलले एस.ओ.एस बालग्रामका विद्यार्थीलाई छात्रवृद्धी पनि उपलब्ध गराउदै आएको छ ।

त्यसैगरी होटलले ँसपोर्ट टु स्पेशल चिल्ड्रेन्स् मोविलिटीू क्याम्पीयन अन्तर्गत ५ वटा हृविल चेअर मस्तिष्क पक्षघात भएका वालवालिकाहरुको प्रयोगका लागि सेरेब्रल पाल्सी नेपाललाई प्रदान गरेको थियो । सेरेब्रल पाल्सी नेपाल, धापाखेलमा आयोजित एक कार्यक्रममा होटलका सेल्स एण्ड मार्केटिब विभागका निर्देशक पवन राजभण्डारीले सेरेब्रल पाल्सी नेपालका सिईओ विमल लाल श्रेष्ठलाई हस्तान्तरण गरे।

र्‍याडिसन होटल समूह विश्वभर जिम्मेवार व्यवसायको लागि परिचित भएको कुरा निर्देशक पवन राजभण्डारीले सो कार्यक्रममा उल्लेख गरे । साथै आगामी वर्षहरुमा पनि यस्ताखाले कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्घता जनाए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?