+
+

पाकिस्तानले दक्षिण अफ्रिकालाई दियो ३०९ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ८ गते १९:१०

८ असार, काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ३०९ रनको लक्ष्य दिएको छ ।

लर्ड्समा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३०८ रन बनाएको हो । पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्ध भने उत्कृष्ट प्रदर्शन गर्‍यो ।

उसका लागि अग्रपंक्तिका सबै ब्याट्सम्यानले राम्रो खेले । हरिस सोहिलले ८९ रन बनाए । उनले ५९ बलमा ९ चौका र तीन छक्का प्रहार गरेका थिए । त्यस्तै, बाबर अजामले ६९ रन बनाउँदा ओपनर फखर जमान र इमाम उल हकले समान ४४–४४ रन बनाए । यता, इमाद वासिम भने २३ रनमा आउट भए ।

पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्ध भने राम्रो सुरुवात गरेको थियो । पहिलो विकेटका लागि इमाम र जमानले ८१ रनको साझेदारी गरेका थिए ।

लंगी नगिदीले तीन विकेट लिए । इमरान ताहिरले भने दुई विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?