+
+
Shares

सशस्त्र प्रहरीद्वारा २ लाख ५६ हजारको समान बरामद

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १० गते १४:४०

१० असार, वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट २ लाख ५६ हजार ७० रुपैयाँ बराबरको समान बरामद गरेको छ । चेकजाँचको क्रममा भारतको रक्सौलबाट भन्सार छली ल्याउँदै गरेको लत्ताकपडा, ,मोवाइल, हार्डवयर तथा किराना समान बरामद गरेको हो ।

मंगलबार बिहान सशस्त्र प्रहरी बल नेपाल नं १४ गुल्म हेड क्वाटर राजश्व तथा भन्सार सुरक्षा गुल्मबाट खटिएको टोलीले उक्त मुल्य बराबरको समान नियन्त्रणमा लिएको हो ।

वीरगञ्ज महानगरपालिका वडा नं १६ ईनर्वामा चेकजाँचका क्रममा बरामद गरिएको समान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तिलकबहादुर खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?