Comments Add Comment

गोमेज इभर्टनतिर, सिलियन भ्यालेन्सिया गए

११ असार, काठमाडौं । बार्सिलोनाका गोलरक्षक जेस्पर सिलिसन भ्यालेन्सिया गएका छन् । उनले आगामी सिजन च्याम्पियन्स लिग खेल्न पाउनेछन् ।

अयाक्सबाट २०१६ मा बार्सिलोना आएका उनी ब्याक अप गोलकिपर थिए । बार्सिलोनामा कम अवसर पाएका उनी नियमित फुटबल खेल्न भ्यालेन्सिया गएका हुन् ।

यस्तै बार्सिलानाका मिडफिल्डर आन्द्रे गोमेज भने इभर्टन आएका छन् । एक सिजन लेनमा इभर्टनबाट खेलका पोर्चुगिज मिडफिल्डरले ५ वर्षे सम्झौता गरेका हुन् ।

२२ मिलियनमा इभर्टन आएका उनले भने, ‘यो निर्णय गर्न मलाई कठिनाइ भएन र म यसबाट एकदमै खुसी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment