+
+

विषादि परीक्षणको व्यवस्थाले भन्सारमै रोकियो तरकारी र फलफूल

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १२ गते १४:५५

१२ असार, विराटनगर । जीवनाशक विषादी जाँचपास नहुँदा भारत र तेस्रो मुलुलकबाट आएको फलफुल तथा हरियो तरकारी विराटनगरको रानी भन्सार नाकामौ रोकिएका छन् ।

सरकारले विषादी परीक्षण गरी खानयोग्य रहेको प्रमाणित भएपछि मात्र आयात गर्न पाइने व्यवस्था गरेपछि विषादी परीक्षण नगरी भारत तथा तेस्रो देशबाट ल्याइएका तरकारी र फलफुल सीमामा रोकिएका हुन् ।

प्रमुख भन्सार अधिकृत मिमांश अधिकारीले विषादीको अवशेष परीक्षण प्रतिवेदन नभएका ट्रकको भन्सार जाँचपास रोकिएको बताए । ‘नयाँ व्यवस्था लागु भएपछि फलफुल र तरकारीको आयात ठप्प छ’ उनले भने ।

विराटनगरमा विषादी परीक्षण गर्ने निकाय नभएका कारण तरकारी र फलफूल आयातकर्ताले परीक्षण गराउनसमेत पाएका छैनन् ।

विराटनगरमा प्लान्ट क्वारेन्टाइन कार्यालय भए पनि उक्त कार्यालयले विषादी परीक्षणको काम आफ्नो क्षेत्राधिकार भित्र नपर्ने बताएको छ । प्लाण्ट क्वारेन्टाइन कार्यालय प्रमुख अरुणकुमार घिमिरेले विषादी परीक्षण आफ्नो क्षेत्राअधिकार भित्र नपर्ने र कुनै निर्देशन पनि नआएको बताए ।

भन्सार कार्यालयका अनुसार तरकारी र फलफूल जाँचपास गर्ने अधिकार विषादी अन्वेषण द्रुत विश्लेषण इकाइ कालिमाटी र झापाको विर्तामोडलाई मात्र छ ।

आयात प्रतिस्थापन र नेपाली उत्पादन बढाउने उद्देश्यले सरकारले तरकारी तथा फलफुल आयातमा कडाइ गरेको हो । भन्सारमा रोकिएका फलफूल र तरकारीको नमूना परीक्षण हुन नसकेपछि धेरै ब्यापारीले फिर्ता गर्न थालेका छन् ।

सरकारले बजेट भाषणमार्फत नेपाल भित्रिने तरकारी तथा फलफूल परीक्षण गरी खानयोग्य रहेको प्रयोगशाला प्रतिवेदन आएपछिमात्र आयात गर्ने व्यवस्था गरेको छ ।

परिमार्जित निकासी–पैठारी आदेश अनुसार ताजा तरकारी तथा फलफुल आयात गरिँदा भन्सार बिन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?