
१२ असार, काठमाडौं । भारतको मुम्बईबाट न्युयोर्कका लागि उडेको विमान लण्डनको उत्तर पश्चिमी क्षेत्रमा रहेका स्टनस्टेड विमानस्थलमा आकस्मिक अवतरण गरेको छ ।
विमानमा बम राखिएको सूचना आएपछि बिहीबार विहान आकस्मिक अवतरण गरिएको भारतीय पत्रिका हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले जनाएको हो ।
विमानस्थलले जारी गरेको सूचना अनुसार शंकास्पद गतिविधि पत्ता लाग्ने वित्तिकै फ्याइट नम्बर एआई१९१ विमानलाई विमानस्थलको सुरक्षित भागमा अवतरण गराइएको थियो । त्यसक्रममा मुख्य टर्मिनल प्रभावित भएन ।
विमानमा कति यात्रु सवार थिए भन्ने सार्वजनिक गरिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4