Comments Add Comment

कुटपिटबाट युवकको मृत्युपछि शवसहित प्रदर्शन

१२ असार, सप्तरी । अपरिचित व्यक्तिको कुटाइबाट ज्यान गुमाएका युवकको परिवार र छिमेकीले बिहीबार सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन गरेका छन् ।

सप्तरीकै तिरहुत गाउँपालिका ३ पिप्राही निवासी २५ बर्षीय कृष्ण बिराजीलाई राजविराज ७ मा अपरिचित व्यक्तिहरुको समूहले कुटपिट गर्दा ज्यान गएको थियो ।

कुटाइबाट गम्भीर घाइते भएका उनको विराटनगरमा उपचारको क्रममा ज्यान गएको छ ।

मृतक कृष्णको शव विराटनगरबाट ल्याएर उनका आफन्त र गाउँलेले राजविराजमा प्रदर्शन गरेका हुन् । हत्यारालाई अबिलम्ब पक्राउ गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि कृष्णको शवसहित प्रदर्शन गर्दै यूवाहरुले सप्तरीका एसपी मनोजकुमार यादव र प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको राजिनामा माग गरेका छन् ।

‘प्रहरी प्रशासन मुर्दावाद, हत्यारालाई कारवाही गर लगायतका प्ले कार्डसहित प्रर्दशन गर्दै शवलाई नगर परिक्रमा समेत गराइएको छ ।

मृतकका परिवारजनले हत्यामा संलग्नहरुको नामै किटान गरी प्रहरीमा जाहेरी दिएका छन् । यद्यपी जाहेरी अहिलेसम्म दर्ता नगरी प्रहरीले आलटाल गरिरहेको मृतक परिवारको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment