१३ असार, कैलाली । कैलालीको धनगढी–खुटिया सडकमा जीपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
गोदावरी नगरपालिका ८ स्याउले नजिक धनगढी–खुटिया सडक खण्डमा से १ च १५३६ नम्बरको जीपले ठक्कर दिँदा गोदावरी नगरपालिका ९ सेहरीकी ३० वर्षीया मन्थरा खडायतको घटनास्थलमा नै मृत्यु भएको कैलालीका प्रहरी प्रहरी एसपी सुदीप गिरीले जानकारी दिए ।
दुर्घटनामा घाइते भएकी सीमा विकको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने गाडी नियन्त्रणमा लिएको भए पनि चालकका बारेमा भने प्रहरीले अनुसन्धान गरिरहेको छ ।
गाडीमै रहेका अर्का व्यक्तिलाई चालक देखाएर मुख्य चालक भने फरार रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने चालकको पहिचान भइसकेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4