+
+

पाकिस्तान र अफगान समर्थकबीच कुटाकुट

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १४ गते २०:२३

काठमाडौं । पाकिस्तान र अफगानिस्तानबीच दबावपूर्ण खेलका क्रममा दुबै देशका केही समर्थक आपसमा भिडेका छन् ।

यो खेलमा टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले ५० ओभरमा नौ विकेट गुमाएर २२७ रन बनायो ।

अफगान पारीका क्रममा समर्थकहरु भिडेका हुन् । समर्थकहरु कुटाकुट गरेको र कम्तिमा दुई जनालाई मैदानबाट बाहिर निकालिएको बताइएको छ ।

आईसीसीका प्रवक्ताले भने यो घटना मैदान बाहिर घटेको बताएका छन् । स्थानीय पुलिस र मेदानको सुरक्षा टिमले मिलेर काम गरेको भन्दै उनले घठना कसरी भयो भन्ने खुल्न बाँकी रहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?