+
+

विजय शंकरले विश्वकप गुमाए

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १६ गते १६:४६

काठमाडौं । भारतीय क्रिकेटर विजय शंकरले विश्वकप क्रिकेटका बाँकी खेल गुमाउने भएका छन् । उनको देब्रो खुट्टाको बुढी औला फ्याक्टर भएको छ र, ठीक हुन कम्तिमा तीन साता लाग्छ ।

यो चोटले उनी विश्वकपबाट बाहिर भएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले जनाएको छ ।

उनको स्थानमा मायंक अग्रवाललाई टिममा बोलाइएको छ । भारतले विश्वकपको समूह चरणमा अब बंगलादेश र श्रीलंकासँग खेल्न बाँकी छ ।

२० जुनमा अभ्यासका क्रममा जसपि्रत मुम्राको योर्कर विजयको खुट्टामा लागेको थियो । सुरुमा उनलाई समस्या भएको थिए र अफगानिस्तान र वेष्टइण्डिजविरुद्ध खेले । तर, शुक्रबार दुखाई बल्यो र उनले इंल्याण्डविरुद्ध खेल्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?