+
+

युनेस्कोको चेतावनी : चितवन निकुञ्जभित्र सडक नबनाऊ

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १८ गते १५:०२

१८ असार, काठमाडौं । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन युनेस्कोले चितवन राष्ट्रिय निकुञ्जभित्र नयाँ सडक नबनाउन र भएका सडकको पनि व्यवसायिक प्रयोजनका लागि स्तरोन्नती नगर्न सरकारलाई फेरि सचेत गराएको छ ।

सरकारले आफूले भनेको नमानेमा विश्वसम्पदा सूचीमा रहेको चिवतन राष्ट्रिय निकुञ्जलाई खतराको सूचीमा राख्ने चेतावनीसमेत दिएको छ ।

अजरवैजानको बाकुमा हालै भएको युनेस्कोको विश्वसम्पदा समितिको ४३ औं बैठकले प्रस्तावित हुलाकी राजमार्ग, चीन भारत ट्रेड लिंक, माडी वाल्मीकि आश्रम सडक र मलेखु ठोरी सडकले विश्वसम्पदा सूचीमा रहेको निकुञ्जलाई हानी गर्ने ठहर गरेको छ ।

तराई हुलाकी राजमार्ग निर्माण र अन्य सडक बनाउन अनुमति नदिन युनेस्कोले नेपाल सरकारलाई भनेको छ । यदि युनेस्कोको सिफारिसलाई कार्यान्वयन नगरेमा चितवन राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीको खतराको सूचीमा राख्ने युनेस्कोले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?