Comments Add Comment

कुमार पौडेल ‘इन्काउन्टर’को छानविन अन्तिम चरणमा

१८ असार, काठमाडौं । लालबन्दी–१, सर्लाहीमा भएको प्रहरी इन्काउन्टरबारे मानव अधिकार आयोगले थालेको छानविन अन्तिम चरणमा पुगेको छ ।

५ असारमा भएको भनिएको दोहोरो भिडन्तमा प्रतिबन्धित विप्लव समूहका सर्लाही इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको थियो । प्रहरीले यसलाई भिडन्त भनेपनि पूर्वगृहमन्त्री जनार्दन शर्मा लगायतले यसबारे प्रश्न उठाएका थिए ।

मानवअधिकार आयोगले पनि छानविन टोली खटायो । आयोगको काठमाडौं कार्यालयबाट मानव अधिकार अधिकृत जीवन नेउपाने र दिपेन्द्रबहादुर सिंह सर्लाही पुगेका थिए भने आयोगको प्रदेश २ कार्यालयबाट पनि छुट्टै टोली खटिएको थियो ।

समिति स्रोतकाअनुसार घटनास्थलको विश्लेषणपछि प्रतिवेदन लेखनको काम पनि अन्तिम चरणमा पुगेको छ । आयोगका सचिव वेदप्रसाद भट्टराई भने चिकित्सकबाट पौडेलको पोष्टमार्टम रिपोर्ट आइनसकेकाले टोली निष्कर्षमा पुग्न सकेको छैन । उनले अनलाइनखबरसँग भने, ‘जिल्ला अस्पताल, सर्लाहीले पोष्टमार्टम रिपोर्ट दिइनसकेकाले अहिल्यै निष्कर्षमा पुग्न हतार हुन्छ ।’

आयोगका एक अधिकारीकाअनुसार घटनामा प्रहरीको भूमिकामाथि प्रश्न गर्ने केही ठाउँ भेटिएको छ ।

प्रहरीले विभिन्न समयमा गरेको मुठभेडविरुद्ध आयोगमा उजुरी पर्ने गरेको छ तर, अनुसन्धान प्रतिवेदन सार्वजनिक नगरिएको भन्दै आलोचना हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment