+
+

मुख्यमन्त्री पौडेल र गान्सुका गभर्नर रेन्जियनबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २० गते १४:३४

२० असार, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र चीनको गान्सु प्रान्तका गभर्नर ताङ रेन्जियनब्चि भेटवार्ता भएको छ ।

गभर्नर रेन्जियनको निमन्त्रणमा ५ दिने चीन भ्रमणका क्रममा गान्सु प्रान्त पुगेका मुख्यमन्त्री पौडेल र गभर्नर दुई प्रदेशको बीचविभिन्न विषयमा सहकार्य गर्ने बिषयमा कुराकानी भएको छ ।

भेटवार्ताका क्रममा मुख्यमन्त्री पौडेलले चीनको विकासबाट नेपाल प्रभावित भएको भन्दै चीनका प्रविधिहरु नेपालमा पनि प्रयोग गर्न आग्रहगरेका छन् ।

उनले चीन र नेपालबीच पनि धेरै समानता रहेकोले कृषि, पर्यटन, औद्योगिक विकासमा पनि नेपाललाई सँंगै लैजान लगानी भित्र्याउन ३ नम्बर प्रदेश तयार रहेकोे धारणा राखेका थिए ।

यसैगरी आधुनिक कृषि प्रणाली, औद्योगिक पार्कका विषयको छलफल पनि सकारात्मक रहेको मुख्यमन्त्रीका स्वक्यि सचिब अनुप पौडेलले बताए ।

देश ३ ले लिएको विद्युतीय सवारी प्राथमिकताको बिषयमा पनि गान्सु प्रान्तले चासो देखाएको छ । चीनको गान्सुमा पनि ९० प्रतिशत सवारीसाधन विद्युतीय रहेको बताउँदै गभर्नर रेन्जियनले नेपालको ३ नम्बर प्रदेशमापनि १० वर्षभित्र लागू गर्न सकिने बताए ।

छलफलका क्रममा गभर्नर रेन्जियाङले ३ नम्बर प्रदेशमा लगानीसहित सर्बप्रथम आधुनिक कृषि प्रणालीमा सहयोग गर्ने र अन्य क्षेत्रमा पनि सहकार्य गर्ने प्रतिबद्धता गरेको स्वकीय सचिव पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?