+
+

कोसीको बाढी खतराको तहभन्दा माथि, ब्यारेजको नियमित अनुगमन गर्न सुझाव

'आइतबारसम्मै अति उच्च सावधानी जरुरी'

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २८ गते ९:५६
Photo Credit : Koshi Barrage/File

२८ असार, काठमाडौं । सप्तकोसी नदीमा आएको बाढीले खतरा तह पार गरेको छ ।

मौसमविज्ञान विभागअन्तर्गतको बाढी सूचना केन्द्रले स्थानीय प्रशासनको समन्वयमा कोसीको तटबन्ध र ब्यारेजको नियमित अनुगमन जरुरी रहेको औंल्याएको छ ।

सप्तकोसीमा बाढीको बहाव २ लाख २८ हजार २०५ क्यूसेक मापन गरिएको छ । पानीको निकासका लागि ३० वटा ढोका खोलिएको छ ।


खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ भने सजग रहन भन्दै सबै क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत् सूचना पठाइएको छ ।

सो क्षेत्रमा आइतबारसम्मै ‘अति उच्च सावधानी’ जरुरी रहेको केन्द्रले बताएको छ ।

बाढी सूचना केन्द्रका अनुसार सप्तकोसीको चतरा, सुनकोसी नदीको हम्पाचौर, तमोर नदीको त्रिवेणी र वागमती नदीको राई गाउा केन्द्रमा बाढीले खतराको तह पार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?