+
+

हिमालयन ईथ्निक फूड फेस्ट सकियो

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २९ गते १७:४९

२९ असार, काठमाडौं । ग्लोबल नेप्लिज सेफ फेडेरेशनको आयोजनामा राजधानीमा ‘हिमालयन ईथ्निक फूड फेस्ट तथा नेपाली कुलिनरी अवार्ड’ सम्पन्न भएको छ । यस कार्यक्रमलाई ग्लोरी मिडियाले ईभेन्ट व्यवस्थापन गरेको थियो । २५ असारबाट शुरु कार्यक्रम ४ दिनसम्म चलेको थियो ।

फेष्टअन्तर्गत २५ र २६ असारमा होमस्टे भ्रमण तथा अध्ययन, २७ असारमा होटल–रेस्टुरेण्ट भ्रमण तथा अध्ययन र २८ गते असारमा सिक्किम विश्वविधालयका डिनसमेत रहेका हिमाली खानाका अन्वेशक प्राडा ज्योतिप्रकाश तामाङले आफ्नो प्रस्तुती दिएका थिए । शनिवार राजधानीमा आयोजित कार्यक्रममा डा. तनमाङले हिमाली खानाका प्रकार, उत्पत्ति, उपयोगिता, र व्यवसायीकरणका सम्बन्धमा प्रस्तुती दिएका थिए ।

उक्त अवसरमा १० जना सेफलाई विभिन्न बिधाअन्तर्गत अवार्ड प्रदान गरिएको छ । नेपालमा पहिलो पटक आयोजना भएकोे कुलिनरी अवार्ड २०१९ बाट लाईफ टाइम एचिभमेन्टतर्फ नरहरी अधिकारी, लिभिङ लेजेँन्डतर्फ गोविन्द नरसिंह केसी, इन्डिजिनियर्सतर्फ यूवराज प्रजा, बेस्ट आर्टिस्टतर्फ खिम बराल, योङ एक्जुकेटिवतर्फ भवि खनाललाई अवार्ड वितरण गरियो ।

सेफ स्टोरीतर्फ बिक्रम भिक्स, राइटर सेफतर्फ सूर्य किरण श्रेष्ठ र अर्जुन थापा, कस्मोपोलिटिनतर्फ कुमार चालिसे र योङ लेडी सेफ तर्फ उर्मि टिटुङ रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?