
२ साउन, काठमाडौं । न्याय परिषद्ले एकसाथ २४० न्यायाधीशको सरुवा गरेको छ । परिषद्को बिहीबार बसेको बैठकले उच्च अदालत, जिल्ला अदालत र विशेष अदालतका न्यायाधीशहरुको सरुवा गरेको हो ।
विषेशमा अब ६ जना न्यायाधीश हुनेछन् । अध्यक्षमा शिवराज अधिकारी छन् भने सदस्यहरुमा कृष्ण गिरी, बालेन्द्र रुपाखेती, शान्तिसिंह थापा, चन्द्रबहादुर सारु र रवि शर्मा अर्याल आएका छन् ।
यस्तै उच्च अदालतका ८७ र जिल्ला अदालतका १५६ न्यायाधीशको पनि सरुवा भएको परिषद्ले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4