५ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा विभागहरु गठन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन लगायतका विषयमा छलफल हुनेछ ।
नेकपामा स्कुल विभाग कसले लिने भन्ने विवाद छ । तत्कालीन एमालेले ईश्वर पोखरेलको नाम अगाडि सारेको छ भने तत्कालीन माओवादीबाट नारायणकाजी श्रेष्ठ प्रकाशको दाबी छ ।
अरु विभागको भने भागवण्डा भइसकेको छ । दुबै समूहले व्यक्ति तोक्न बाँकी छ । संगठन विभागमा भने वामदेव गौतम, अन्तर्राष्ट्रिय विभागमा माधवकुमार नेपाल र नीति अध्ययन प्रतिष्ठानमा झलनाथ खनाल प्रमुख हुने पक्का छ ।