+
+
Shares

छविकी जेठी पत्नीले दिइन् वहुविवाहको उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ५ गते १६:५२

काठमाडौं । निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलको डिभोर्सको चर्चामा नयाँ ट्विष्ट आएको छ । निर्माता ओझाकी जेठी पत्नी हेमा ओझाले वहुविवाहको उजुरी दिएसँगै नयाँ ट्विष्ट आएको हो ।

प्रहरी वृत्त गौशालामा उनले दिएको उजुरीमा छवि र शिल्पालाई विपक्षी बनाइएको छ ।

जाहेरीमा लेखिएको छ–‘शिल्पा पोखरेल भन्ने व्यक्तिसँग मेरा श्रीमान् छविराज ओझाको सम्बन्ध रहेको भन्ने हल्लाहरु आइरहँदा पनि मैले श्रीमान् छवि ओझासँग सोध्दा के छ प्रमाण भन्ने प्रतिपश्न पाएको थिएँ । मैले पनि प्रमाण कतै भेटिनँ, बिहे दर्ता कहीँ कतै भएको रहेनछ ।’

पछिल्लो समय शिल्पा र छविको विवाह दर्ताको कागजात हात पारेको भन्दै उनले भनेकी छन्,  ‘मेरा पति छविराज ओझा र शिल्पा पोखरेललाई प्रचलित कानुन बमोजिम यथासक्य चाँडो नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाई अनुसन्धान गरी निजहरुलाई कानुन बमोजिम हदैसम्म सजाउ गरिपाउँ ।’

गौशालाका डीएसपी प्रदिपबहादुर सिंहले हेमा उजुरी लिएर प्रहरी वृत्तमा आएको भएपनि दर्ता भइनसकेको बताए । उनले भने–‘हामी यसलाई पुष्टि गर्दैछौं । आवश्यक परे दर्ता हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?