+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

वर्ल्डलिंकको नयाँ अफर, अब हरेक टिभीमा यूट्युब

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ८ गते १९:५०

८ साउन, काठमाडौं । इन्टरनेट र नेटवर्क सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले अब हरेक टिभीमा यूट्युब नामक अफर ल्याएको छ ।

यस सेवा अन्तर्गत वर्ल्डलिंकका नेटटिभीको प्रयोगकर्ताहरुले अब आफ्नो टिभी मार्फतनै साथीभाइ वा सपरिवारसँग यूट्युबको भरपूर फाइदा प्राप्त गर्न सक्नुहुने कम्पनीले दाबी गरेको छ।

यो सुविधा स्मार्ट टि.भीमा मात्र नभई नन स्मार्ट वा सि आर टि टिभीमा पनि उपलब्ध छ । हाल नेटटिभीले आफ्ना ग्राहकवर्गहरुका लागि ८० भन्दा बढी एच डी च्यानलहरुसँगै उत्कृष्ट तहको टिभीमा मनोरन्जनको अनुभव प्रदान गर्दै आइरहेको छ ।

अब नेटटिभी प्रयोगकर्ताहरुले नियमित टिभी च्यानल कन्टेन्टमात्र नभई आफुलाई मनपर्ने कन्टेन्टहरु कुनै बाधा एवं झन्झट बिनानै यूट्युबमार्फत हेर्न सक्दछन् ।

यो सुविधा प्रयोगकर्ताहरुले यूट्युब स्क्रिनलाई आफ्नै स्मार्टफोनबाट टिभीमा कास्ट गर्न सक्नेछन् साथै नेटटिभीले मोबाइल फोनहरुमा पनि रिमोट एप्लिकेशन उपलब्ध गराएकाले यो सेवा उपभोग गर्नको लागि एकदमै सजिलो हुने कम्पनीको दाबी छ।

यो अफर नेपालभर रहेका वर्ल्डलिंकका नयाँ तथा पुराना सम्पूर्ण ग्राहकहरुका लागि उपलब्ध छ।

पुराना प्रयोगकर्ताहरुले नयाँ प्रिमियम सेटअप बक्स आफ्नो पुरानो नेटटिभी सेटअप बक्ससँग नजिकै रहेको वर्ल्डलिंकको शाखा भ्रमण गरेर साटेर प्रिमियम सेवाको सुविधा पाउन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?