+
+

आरक्षण बचाऔं आन्दोलनमा प्रहरी हस्तक्षेप

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २१ गते १९:२२

२१ साउन, काठमाडौं । आरक्षण बचाऔं आन्दोलनले मंगलबार काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

मंगलबार मुख र टाउकोमा कालो पट्टि बाँधेर लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदमा आह्वान गरेको विज्ञापन खारेज गर्न माग गर्दै प्रदर्शन गर्नेहरुमाथि प्रहरीले लाठीचार्ज गरेको हो ।

जुलुस प्रदर्शनी मार्गबाट नारा जुलुस गर्दै रत्नपार्कसम्म पुगेको थियो । आन्दोलनले तीन महिनादेखि निरन्तर लोकसेवा आयोगको विज्ञापन विरुद्ध प्रदर्शन गरिरहेको छ । यसलाई उनीहरुले चौथो चरणको आन्दोलन भएको बताएका छन् ।

आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि केहीबेर तनाव सिर्जना भएको थियो । आदिवासी जनजाति महासंघका वरिष्ठ उपाध्यक्ष नविन मगरले आफुहरुको आन्दोलन आरक्षण विरोधी मात्र नभई समावेशी समावेशीता कायम राख्न भएको बताए ।

उनले लोकसेवाको विज्ञापन खारेज हुनुपर्ने बताए । त्यस्तै, मधेशका तर्फबाट सरोज रायले राज्यले निरंकुशता लाद्न खोजिरहेको भन्दै जबसम्म सीमान्तकृत र पछाडि पारिएका समुदाय मूलधारमा नआएसम्म आन्दोलन भइरहने बताए ।

तस्वीर : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?