Comments Add Comment

‘लभ यू हमेशा’को अफरः प्रेम प्रस्तावको भिडियो बनाउनुहोस्, पुरस्कार जित्नुहोस्

भदौको ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लभ यू हमेशा’को टिमले ‘भिडियो प्रतियोगीता’ आयोजना गरेको छ । विवाहित वा अविवाहित जोडीले ‘प्रेम प्रस्ताव राखेको भिडियो’ बनाएर चलचित्रको नाम लेखेर चलचित्रको फेसबुक पेजमा पोष्ट गर्नुपर्नेछ । दर्शकबाट प्राप्त भिडियोमध्ये जुनमा लाइक र कमेन्ट धेरै आउँछ, सोही भिडियोलाई विजेता बनाउने निर्माण टिमले बताएको छ ।

चलचित्र निर्माण गरेको ब्यानर धर्मा क्रियशनले बिजेता भिडियो निर्माणकर्तालाई चलचित्रका कलाकारसँग भेटघाट, रेड कार्पेट प्रिमियरमा सहभागी हुन पाउने तथा तीन दिन र चार रातको दार्जिलिङ भ्रमण प्याकेज लगायत बिभिन्न उपहार प्रदान गर्ने बताएको छ । भदौ २१ मा विजेता घोषणा गरिनेछ ।

त्रिकोणात्मक प्रेमकथामा निर्माण गरिएको चलचित्रको हाल फिलिपिन्सको बिभिन्न स्थानमा दुई वटा गीतको छायांकन भैरहेको छ । गीतमा चलचित्रका मुख्य कलाकार यशराज गरच, ऋचा थापा र फिजा योन्जन फिचर छन् ।

भास्कर प्रधानको लेखन र निर्देशनमा यवन गुरुङको प्रस्तुति र मिलन गुरुङ सहनिर्माता रहेको यो चलचित्रमा यशराज, ऋचा, फिजाका साथमा गोपाल ढकाल, करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङ लगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment