+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

खुट्टामा गहिरो घाउ लिएर उपचारको याचना, तर डाक्टर मान्दैनन्

डाक्टर भन्छन् : जिम्मेवारी लिने मान्छे चाहिन्छ

हरि अधिकारी हरि अधिकारी
२०७६ साउन २८ गते १५:३६

२८ साउन, विराटनगर । कोसी अञ्चल अस्पतालको आकस्मिक कक्षको गेट अगाडिको कुरुवा कक्षमा एक युवक झोक्राएर बसिरहेका छन् ।

ओखलढुंगा घर बताउने शंकर मगर उपचारको पर्खाइमा अस्पतालको प्रतीक्षालयमा बसेको एक महिना बितिसक्यो । एक महिनाको अवधीमा आकस्मिक कक्षमा उपचार गर्न धेरै आए, धेरै गए । तर देब्रे खुट्टा कुहिएर थलिएका मगरको पालो आएन ।

बेवारिसे अवस्थामा अस्पताल पुगेका उनी उपचार पाउने आशमा गेटअगाडि कुरिरहेका छन् । अस्पतालले उपचारमा चासो दिएको छैन ।

एक महिनादेखि बसेका कारण उनको वरिपरि दुर्गन्ध फैलिएको छ । मगरको छेउबाट हिँड्दा चिकित्सकहरु नाक थुन्छन् तर उपचार गर्ने आँट गर्दैनन् ।

३५ वर्षीय मगरको खुट्टाको घुँडादेखि तलको भाग कुहिएर झरेका कारण कालो बनेको छ । वरिपरि झिँगा भन्किएको छ । तर एक महिनादेखि उपचारको पर्खाइमा बसेका उनले उपचार पाएका छैनन् । ‘म बाँच्च चाहन्छु, मेरो उपचार गराइदिनुहोस्’ खुट्टाको घाउ देखाउँदै उनले भने ‘मेरो घर ओखलढुंगा हो, आफन्त कोही छैनन् ।’

भारतको हरियाणाबाट फर्कने क्रममा आफूलाई चोट लागेको उनले सुनाए । भारतमा मजदुरी गरेका उनलाई कसैले अस्पतालसम्म ल्याएर छाडिदिएका थिए । तर आफन्त नभएको बताउँदै अस्पतालले उपचार गर्न मानेको छैन् ।

अस्पताल भन्छ, हस्ताक्षर गर्ने मान्छे छैन

एक महिनादेखि इमरजेन्सी वार्डको प्रतीक्षालयमा बसेका मगरलाई उपचारमा अस्पतालले कुनै चासो दिएको छैन । अस्पतालमा आउँदा उनको खुट्टाको चोट थोरै थियो । तर अहिले बढेर घुँडासम्म पुगेको छ ।

कोशी अस्पतालका अर्थाेपेडिक सर्जन यज्ञराज खरेल विरामीको खुट्टा काटेर फाल्नुको विकल्प नभएको बताउँछन् । तर अस्पतालको पूर्जीमा हस्ताक्षर गर्ने मानिस नभएका कारण समस्या भएको उनले बताए । ‘कुरुवा भए तत्काल शल्यक्रिया गर्छाैं’ उनले भने ‘एक जना जिम्मेवारी लिने मान्छे चाहिन्छ ।’

कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रोशन पोखरेलले बेवारिसे अवस्थामा रहेका व्यक्तिको हेरचाह गर्ने कोही भेटिए अस्पतालले उपचार गर्ने बताउँछन् । ‘विरामीको आफन्त कोही छैनन्, चिकित्सकले खुट्टा काट्नुपर्ने भनेका छन्’ उनले भने ‘हामीले उपचार गर्न खोजेका थियौं तर कुरुवा नभएका कारण समस्या छ ।’

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?