Comments Add Comment

कपालमा कलर गर्दा धेरै कुरामा ख्याल गर्न आवश्यक छः नील डेभिड

हिजोआज कपाल कलर गर्नु सामान्य भैसकेको छ । विभिन्न कारण मानिसहरु कपाल कलर गर्छन् । कोहि फेशनेवल हुनका लागि कपाल कलर गर्छन् भने कोहि आफ्नो सेतो कपाल लुकाउनका लागि कलर गर्छन् । कपाल कलर गर्नाका लागि विभिन्न रंगहरु उपलब्ध छन् । तपाईंले कपाल कलर गर्दा आफ्नो रुचि र छालाको रंगसंग मेल खाने किसिमको कलर गर्न सक्नु हुन्छ ।

पुरुषको तुलनामा महिलाहरुले धेरै कपाल कलर गर्ने गरेको पाइन्छ । कपाल कलर गर्दा तपाइलाई सुन्दर र केहि उमेर कम पनि देखिन्छ । त्यसैले हिजोआज कपाल कलर गर्नेको सख्यामा तिव्र गतिमा बृद्धि हुन थालेको छ । तर कपाल कलर गर्दा धेरै ध्यान दिनु आवश्यक छ । कपाल कलर गर्दा आवश्यक कुरामा ध्यान नदिँदा कलरले नकारात्मक असर पुर्याउन सक्छ ।

त्यसैले कपाल कलर गर्दा के के कुरामा ध्यान दिने भन्ने बारेमा हामीले अन्तराष्ट्रियस्तरमा समेत आफ्नो ब्राण्डलाई स्थापित गराउन सफल वरिष्ठ हेयर डिजाइनर नील डेभिड कटुवालसँग कुराकानी गरेका छौं ।

कपाल कलर गर्दा कुन कुन कुराहरु विचार गर्नु पर्छ ?

कपाल कलर गर्दा पहिले तपाईको कपालको प्रकार जान्नु आवश्यक छ । तपाईको कपाल ड्राई, फिजि अथवा ड्यामेज छ कि छैन भन्ने कुरामा ध्यान दिनु पर्छ । पहिला पनि कुनै कलर -कालो कलर अथवा मेहेन्दि) गर्नु भएको छ कि छैन भन्ने कुरा थाहा पाउनु आवश्यक हुन्छ । तपाईंलाई स्किन एलर्जीको समस्या छ कि छैन त्यो पनि थाहा पाउनु पर्छ । यी सबै कुराको जाँचपछि मात्र तपाईं कलर गर्न योग्य मानिन्छ । सधै कलर गर्नु अगाडि कलर एक्सपर्टसंग सल्लाह लिनु आवश्यक छ ।

कपाल कलर कति प्रकारका हुन्छन् ?

सर्वप्रथम कलर विभिन्न रंगहरु भन्ने बुझिन्छ । त्यस्तै कपाल कलर गर्ने पनि विभिन्न रगंहरु उपलब्ध छन् । जस्तै बेसिक हेयर कलर भन्ने हुन्छ । त्यसले कपाललाई प्राकृतिक देखाउने भएकोले यो कलर धेरैको रोजाईमा पर्छ । जस्तै हल्का खैरो रंग । त्यस्तै डिजाइनेवल कलर पनि प्रचलनमा छ । यो कलर आफ्नो इच्छा अनुसार आफुलाई फेशनेवल देखाउनका लागि गरिन्छ ।

फेशन ट्रेन्ड अन्तर्गत हामी विभिन्न फेशन टे्रन्डलाई पछ्याएर गर्ने कलर नै फेशन टे्रन्ड कलर हो । सेलिबि्रटिज कलर पनि लोकपि्रय छ, जस अन्तर्गत भन्नाले विभिन्न सेलिबि्रटिजले आफ्नो कपाल विभिन्न तरिकाले कलर गर्छन् । आफुलाई मन परेको सेलिबि्रटिजले गरेको कलर अनुरुप आफ्नो कपाल पनि त्यस्तै कलर गर्नु नै सेलिबि्रटिज कलर हो ।

कलर गर्दा कुन कुन कुराहरुमा ध्यान दिनु पर्छ ?

कलर गर्दा सबैभन्दा महत्वपुर्ण कुरा ब्राण्ड हो । कुन ब्राण्डको कलर गर्दै हुनुहुन्छ, त्यो कुरा ध्यान दिनु अति नै आवश्यक छ । लो ब्राण्डका कलरहरुले कपाललाई नराम्रो असर गर्छ । त्यसैले सर्वप्रथम कुन ब्राण्डको कलर हो त्यसलाई ध्यान दिनु पर्छ । ब्राण्डपछि कलर आफुलाई सुट गर्छ कि गर्दै भन्ने थाहा पाउनु आवश्यक छ । कलरले सुट गरेन भने नराम्रो असर गर्छ ।

कलर गर्दा जहिले पनि कलर बिषेशज्ञको निगरानीमा गर्नु पर्छ । कलर गर्दा हुने सानो गल्तिले हाम्रो कपाललाई नकारात्मक प्रभाव पार्छ । कपालको प्रकार र सहि ढंगले कपाल कलर गरिएन भने पनि कलर राम्रो देखिंदैन । कपाल कलर गर्दा सहि कलरको छनौट, समय र सहि प्रक्रिया र सहि विषेशज्ञको कमीका कारण कलर राम्रो नहुने स्थिति आउन सक्छ ।

चिलाउनु सामान्य कुरा हो तर यदि कलर गरेपछि तपाइर्ंको टाउको सुन्निने अथवा हल्का पोल्ने अनुभव भयो भने त्यो कलर तपाईले तपाईलाई सुट गरेन भन्ने बुझ्नु पर्छ । कलर गरेपछि निधार, कान, गर्दन पछाडि सुन्निने र आँखा पोल्ने भएमा त्यो कलरले तपाईलाई नराम्रो असर गन्यो भन्ने बुझ्नु पर्छ र त्यो ब्यान्डको कलर प्रयोग गर्नु हुँदैन । त्यस्तै कलर गर्दा आफ्नो स्किन टोनसँग मेल खाने हुनु आवश्यक छ । कलर गर्दा आफ्नो स्किन टोनसंग मेल खाएन भने तपाईलाई यसले भद्दा देखिन्छ । त्यसैले कलर गर्दा आफ्नो स्किन टोन र स्किन कलरलाई पनि ध्यान दिनु आवश्यक छ ।

कलर गरेको कपालको स्याहार कसरी गर्ने ?

कपाल कलर गर्नु नराम्रो कुरा होइन तर कलर गर्ने भनेर जथाभावी कलर र जो कोहिको हातबाट कलर गराउनु अति नै गलत हो । कलर विषेशज्ञले मात्र कलर कसरी गर्ने, कति मात्रामा कलरको प्रयोग गर्ने, कपालको विशेषताको बारेमा बुझेको हुन्छ । जसको कारण कपालमा राम्रो कलर बस्छ र तपाईलाई सुन्दर र आकर्षक देखाउँछ ।

कलर गरेको कपालको बिशेष प्रकारले हेरचाह गर्नु आवश्यक छ । किनभने कलर भनेको केमिकल हो र तपाईले आफ्नो कपाल कलर गरे पछि आवश्यक हेरचाह नगर्दा कपाल ड्यामेज हुने डर हुन्छ । त्यसैले कलर बिषेशज्ञसंग यसको हेरचाह सम्बन्धि जानकारी लिनु पर्छ । त्यस्तै समय समयमा हेयर टि्रटमेन्ट गर्नु पर्छ । कलर गरेको कपालको लागि कलर हेयर रिपेयर स्याम्पु हप्तामा तीन पटक प्रयोग गर्नु पर्छ । त्यस्तै कलर गरेको कपाललाई डिप कन्डीसनिङ गर्नु पर्छ ।

हप्तामा दुई पटक कलर गरेको कपाल डिप कन्डीसिनिगं गर्दा तपाईको कपाल नरम हुन्छ । हप्तामा दुई पटक हेयर स्पा गर्नु पर्छ । त्यस्तै हेयर सिरमको प्रयोग गर्नु कपालको लागि उपयुक्त हुन्छ । ब्रशले कलर गरेको कपाल धेरै कोर्नु हुदैन साथै ब्लो ड्राई गर्नबाट पनि बच्नु पर्छ ।

कलरको राम्रो नतिजाको लागि के कस्ता तयारी गर्नु पर्छ ?

कलरको उत्कृष्ट नतिजा ल्याउनका लागि तपाईको कपाल कस्तो छ भन्ने कुरामा निर्भर हुन्छ । यदि तपाईको कपाल ड्राई र ड्यामेज छ भने यस्तो कपालमा कलर राम्रा बस्दैन । त्यसैले सधै कपाल स्वस्थ राख्नु पर्छ । सहि स्याम्पु र कन्डिशनरको प्रयोग गर्ने र हप्तामा एक पटक तेल मसाज गर्नु पर्छ । त्यस्तै १५ दिनमा एक पटक हेयर स्पा गर्नु पनि अति आवश्यक हुन्छ । स्वस्थ कपालमा कलर राम्रोसंग बस्ने भएकोले कलर गर्नु अगाडि कपाललाई स्वस्थ बनाउन आवश्यक हुन्छ ।

कति समयको अन्तरालमा कलर गर्नु पर्छ ?

कलर गर्दा समयलाई पनि ध्यान दिनु पर्छ । पायो भन्दैमा हप्तै पिच्छे कलर गर्नु कपालको लागि हानीकारक हुन्छ । कम्तिमा पनि एक महिना वा त्यो भन्दा बढिको समयको अन्तरालमा मात्र कलर गर्नु पर्छ । कलर त्यसमा पनि कपालको जरामा कलर गर्दा बिशेष ध्यान दिनु पर्छ ।

आजभोलि कलरको रुपमा ब्लिच प्रयोग हुने गरेको पाइन्छ, जसले कपाललाई ड्यामेज गर्ने र टुक्राउने गर्छ । त्यसैले यस्ता कुराहरु प्रयोगमा साबधानी अप्नाउनु पर्छ । त्यसैले सधै ब्राण्डेड कलरको छनौट गर्नु पर्छ, जसले कपालमा कलर लामो समय सम्म रहन्छ र कपाललाइ ड्यामेज हुनबाट पनि बचाउँछ ।

कलर गर्दा कति समय राख्नु पर्छ ?

कलर गर्दा सधै समयलाई बिचार गर्नु पर्छ । बढि अथवा घटि समयले कलरलाई नराम्रो प्रभाव पुर्याउछ । कलर गर्दा कपालको टुप्पो र जरामा फरक फरक समय लगाएर कलर गर्नु पर्छ । कलरमा समय मिलेन भने कपालमा कलर टाटेपाटे देखिन्छ ।

अन्त्यमा, तपाईं चाहिं अहिले केमा ब्यस्त हुनु हुन्छ ?

म अहिले विभिन्न हेयर कलर क्रियसनमा पनि ब्यस्त छु । मैले कलर र हाइलाइटलाई मिलाएर हाइकोलटेक नामको कलर ल्याएका छन भने छिट्टै नै लाइट टु डार्क कलर मिसाएर नयाँ क्रिएशन गर्ने तयारीमा छु, जुन फेशनेवलहरुको रोजाईमा पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment