
२९ साउन, काठमाडौं । नेकपा (माले)को नौ सदस्यीय टोलीले उत्तर कोरियाको भ्रमण गरेको छ । स्थायीय समिति सदस्य सुरेन्द्र ढकाल नेतृत्वको टोली सातदिने भ्रमण पूरा गरी मंगलबार काठमाडौं फर्किएको छ ।
नेकपा मालेका महासचिव सीपी मैनालीले उत्तर कोरियाको आर्थिक विकासको अवस्था बुझ्न पार्टीको पहलबाट एक टोलीलाई उत्तर कोरिया भ्रमणमा पठाएको बताए ।
मैनालीले अनलाइनखबरसँग भने, ‘उत्तर कोरियाको आर्थिक विकास, पहिलेको जनवादी क्रान्तिको अनुभव र अहिलेको समाजवादको अनुभव हेर्न, सुन्न र बुझ्नका लागि टिम गएको हो ।’
Ri Su Yong, vice-chairman of the Central Committee of the Workers’ Party of Korea, on Monday met and had a talk with a delegation of the Nepal Communist Party (Marxist-Leninist) headed by Dhakal Surendra, member of the Political Bureau of its Central Committee. pic.twitter.com/Bo4JdFTa3N
— DPRK (North Korea) 🇰🇵 (@NorthKoreaDPRK) August 13, 2019
माले नेता ढकाल नेतृत्वको टोलीले उत्तर कोरियाको वर्कर्स पार्टीका उपप्रमुख रिसुयोङ्गसँग भेटवार्तासमेत गरेको छ । टोलीले उत्तर कोरियाको पूर्वराष्ट्रपति किम इल सुङ्गको जन्मस्थान, कोरियाको युद्ध संग्रहालय, ऐतिहासिक सम्पदालगायत स्थानको भ्रमण गरेको उत्तर कोरियाको आधिकारिक ट्वीटर ह्याण्डलमा लेखिएको छ ।
उत्तर कोरियाको भ्रमण गर्नु नैसर्गिक अधिकार : महासचिव मैनाली
नेपालका नेताहरुले उत्तर कोरियाको भ्रमण गर्दा विवाद हुने गरेको छ । २०७४ साउन २७ गते पूर्वप्रधानमन्त्री माधव नेपाल नेतृत्वको टोलीले उत्तर कोरियाको भ्रमण गर्दा संसदसमेत विरोध भएको थियो ।
तर, माले महासचिव मैनाली भने एउटा सार्वभौम मुलुकमा अर्को सार्वभौम मुलुकका नागरिकले भ्रमण गर्नु नैसर्गिक अधिकार भएको बताउँछन् । मैनालीले अनलाइनखबरसँग भने- उत्तर कोरिया डिप्लोमेटिक रिलेसन रहेको मुलुक हो । आफ्नो स्वतन्त्रता र सार्वभौमिकता रक्षाका लागि संघर्षरत मुलुक हो । हामी पनि स्वतन्त्रता रक्षाका लागि संघर्षरत मुलुकका मानिस हौं । त्यहाँको संघर्ष, त्यहाँको उत्पादन, त्यहाँको जनजीवन, त्यहाँका जनताको मनोभावना बुझ्नका लागि जानु सार्वभौम मुलुकका नागरिकको नैसर्गिक अधिकार हो ।
आफ्ना नेताहरुको भ्रमण ‘जनस्तरबाट भएको अध्ययन भ्रमण’ भएको दाबी गर्दै मैनालीले भने- कसैलाई रिस उठे उठोस् ।
प्रतिक्रिया 4