
३० साउन, काठमाडौं । सरकारले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको अन्त्येष्टिमा राष्ट्रिय सम्मान प्रदान गर्ने भएको छ ।
सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बिहीबार विज्ञप्ति निकालेर दीक्षितको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने जानकारी दिएका हुन् ।
नेपालको इतिहासका साक्षी दीक्षितको निधनमा मन्त्री भट्टराईले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण पनि गरेका छन् ।
दीक्षितको बिहीबार बिहान निधन भएको हो । मदनमणि दीक्षितको जन्म बाबु लक्ष्मणमणि आचार्य दीक्षित र आमा विष्णुकुमारीका सुपुत्रका रूपमा गैरीधारा, काठमाडौंमा वि.सं. १९७९ फागुन ६ गतेका दिन भएको थियो । लामो समय पत्रकारिता गरेका मदनमणि उपन्यास, कथालेखन आदिमा चर्चित रहे । माधवी ग्रन्थका लागि उनलाई २०३९ सालमा मदन पुरस्कार प्रदान गरिएको थियो ।
उनी नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति समेत बनेका थिए ।
पढ्नुहोस् मन्त्री योगेश भट्टराईले जारी गरेको विज्ञप्ति
प्रतिक्रिया 4