
१ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको उदारताबाट नहौसिन राजावादीहरुलाई चेतावनी दिएका छन् ।
राजतन्त्र र्फकन्छ भन्ने विश्वास नलागेर सरकार मौन बसेको भन्दै उनले त्यस्तो लागेको दिन संविधान र गणतन्त्रको रक्षाका लागि सरकार मैदानमा उत्रने बताए ।
आइतबार संसदलाई सम्बोधन गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सरकारको उदारताका कारण केही तत्व बढ्ता हौसिएको बताए । तर सरकारको आलोचनाका नाममा प्रणाली उल्टाउँछु, प्रतिगमन गर्छु भनिए आफूहरुलाई मान्य नहुने उनले बताए ।
उनले भनेका छन्, ‘जुन संस्था र शक्तिका कुरा गर्छन् मान्छेहरु, ती शक्तिहरु ज्यूँदो हुँदा हामीले ठेगान लगाएका हौं । अहिले चिहानमा गएर हड्डी फुकेर त्यो संस्था फर्काउँछु भन्ने परिकल्पना गरेर पनि उफि्रएको देखिन्छ ।’
यो बेमौसमको बाजा भएको बताउँदै उनले भने, ‘सरकारले उदारता देखाएको नपत्याएर हो । पत्याएका दिन संविधान, गणतन्त्रको रक्षाका लागि सरकार मैदानमा उत्रिन्छ ।’
प्रतिक्रिया 4