+
+

तिलोत्तमाको कान्छीबजारमा आगलागी, लाखौंको क्षति

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ३ गते ८:३०

३ भदौ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० कान्छीबजारको एक पसलमा आगलागी भएको छ । स्थानीय गोपाल अर्यालको थोक किराना पसलमा गएराति ११ बजेतिर आगलागी भएको हो । आगलागीबाट करिब ८० लाख रुपैयाँको क्षति भएको अनुमान छ ।

पसल बन्द गरेर घरमा गएको अवस्थामा भएको आगलागीबाट पसलमा राखिएका दैनिक उपभोग्यलगायतका सामान जलेर नष्ट भएका छन् ।

तिलोत्तमा, बुटवल र सिद्धार्थनगर नगरपालिकाका तीनवटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।

आगलागीको कारण थाहा हुन नसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख भीमलाल भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?