+
+

सुरेश वाग्ले मेमोरियल अस्पतालको भवन निर्माणबारे अध्ययन गर्न समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ४ गते १४:३७

४ भदौ, काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पतालको भवन निर्माणबारे अध्ययन गर्न ३ सदस्यीय टोली गठन गरेको छ ।

३ वर्षभित्रसक्ने लक्ष्यसहित २०६८ सालमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा सुरु भएको भवन निर्माण अझै नसकिएपछि त्यसबारे अध्ययन गर्न संसदीय समितिले टोली गठन गरेको हो । टोलीमा सांसदहरु अञ्जना विशंखे, एकवाल मियाँ र सरिता न्यौपाने रहेका छन् । समितिले अध्ययन सकेर ५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

समितिले यसअघि शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, शहरी विकास मन्त्रालय र त्रिभुवन विश्वविद्यालयसँग भवन निर्माण ढिलाइबारे जवाफ दिन माग गरेको थियो । तर जवाफ प्रस्ट नभएकाले टोली नै बनाएर अध्ययन गर्नुपरेको सभापति जयपुरी घर्तीले बताइन् ।

समितिले बुधबार त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार डिल्लीराम उप्रेती, चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का डिन जगदिश अग्रवाल शिक्षा र स्वास्थ्य मन्त्रालयका अधिकारीसँग छलफल गरेको थियो ।

बैठकमा अधिकांश सांसदले निर्माण कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गर्न माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?