+
+

बैंक तथा वित्तीय संस्थासम्बन्धी दुई ऐन संशोधन हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ५ गते १९:५०

५ भदौ, काठमाडौं । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) को संशोधन विधयेक मन्त्रिपरिषद्ले पारित गरेको छ ।

अर्थमन्त्रालयले मन्त्रिपरिषदमा पेश गरेको बाफिया संशोधन विधयेक संघीय संसदमा दर्ता गर्नका लागि स्वीकृति दिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिए ।

बाफियासँगै बैंक तथा वित्तीय संस्थाकै विषयहरु जोडिएको अर्को ऐन पनि संशोधनका लागि मन्त्रिपरिषद्ले संसदमा दर्ता गर्न स्वीकृत प्रदान गरेको छ । बाफियासँगै मन्त्रिपरिषद्ले नेपाल राष्ट्र बैंक ऐन, २०५२ समेत संशोधनका लागि संसदमा दर्ता गर्न स्वीकृत प्रदान गरिएको मन्त्री बास्कोटाले बताएका छन् ।

अर्थमन्त्रालय स्रोतका अनुसार बाफियामा ठूला ब्यवसायीहरुलाई बैंकको अध्यक्ष बनाउन बन्देज लगाउने प्रस्ताव गरिएको छ । यो व्यवस्था पारित भए एनएमबि बैंकका अध्यक्ष पवन गोल्यान, ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल लगायत बैंकबाट बाहिरिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?