
५ भदौ, भक्तपुर । भाद्र कृष्ण सप्तमिको दिन बिहीबार भक्तपुरको दत्तात्रयस्थित नारायण मन्दिरबाट बालकदेखि युवासम्मले हात र टाउकोमा बत्ती राखेर खाली खुट्टा नै नगर परिक्रमा गरे ।
हात र टाउकोमा गोवर र सोलीमा बत्ती बाली बालकदेखि युवाहरुले खाली खुट्टा नै नगर परिक्रमा गरेका थिए । नेवार समुदायको साँस्कृतिक पोशाक लगाएर उनीहरु दिप यात्रामा सहभागी भएका थिए ।
गाईजात्राको अवसर पारेर भक्तपुरमा हरेक वर्ष दिप प्रज्वलन यात्रा आयोजना गरिदै आएको छ । नगर परिक्रमाका क्रममा घिन्ताङ घिसी, बासुरी बाजा तथा धिमे बाजा बजाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4