८ भदौ, काठमाडौं । पूर्व युवराज पारस शाहले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरीमाथि गरेको दुर्व्यवहारबारे राष्ट्रियसभामा प्रश्न उठेको छ ।
आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद बलरामप्रसाद बास्कोटाले विमानस्थल घटनाबारे सरकारको ध्यानाकर्षण गराए ।
राजाबाट नागरिक बन्न स्वीकार गरेका ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाहको अबान्छित गतिविधि बढेको भन्दै उनले भने, ‘विमानस्थलमा भएको पारस शाहको ताण्डव नृत्यबारे सरकारको ध्यानाकर्षण भएको छ कि छैन ?’
उनले यो घटनाबारे राष्ट्रियसभालाई जानकारी गराउन सरकारसँग माग गरेका छन् ।