+
+

बैवाहिक अंगीकृत नागरिकताबारे सहमति जुटेन

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १० गते १४:४०

१० भदौ, काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समिति अन्तरगतको उपसमिति बैवाहिक अंगीकृत नागरिकताबारे सहमति जुटाउन असफल भएको छ ।

सांसद विजय सुब्बा नेतृत्वको सममितिले बैबाहिक अंगितृकसँगै नागरिकता वितरण टोली खटाउने विषयमा सहमति जुटाउन नसकेको हो ।

नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था समितिमा विचाराधीन छ, जसमा नेपाल पुरुषसँग विवाह गर्ने विदेशी महिलाले नेपाली नागरिकता पाएको ६ महिनाभित्र विदेशको नागरिकता परित्याग गरेको निस्सा पेश गर्नुपर्ने व्यवस्था छ । तर नेपाली महिलासँग विवाह गर्ने पुरुषबारे बोलिएको छैन । संविधानअनुसार १५ वर्ष स्थायी बसोबास गरेको लगायतका प्रावधान पूरा गरे मात्र विदेशी ज्वाइँले अंगीकृत नागरिकता लिन सक्छन् ।

यसले लैंगिक विभेद भएको कतिपयको तर्क छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै कतिपय सांसदले नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषले पनि नागरिकता पाउनुपर्ने तर्क गरेका छन् ।

यो सहित विधेयकका विवादित विषयहरुमा सहमति खोज्न सांसद सुब्बाको संयोजकत्वको उपसमिति बन्यो । तर बैबाहिक अंगिकृतबारे सहमति जुट्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?