+
+

‘एनसेल सर्ट फिल्म फेस्टिभल’मा ‘बुबा’ उत्कृष्ट

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १२ गते ११:५०

ललितपुरको लाबिम मलमा बुधबार बेलुकी ‘एनसेल सर्ट फिल्म फेस्टिभल’का विजेतालाई पुरस्कार प्रदान गरिएको छ । बाबुको मुख हेर्ने दिनको अवसर पारेरे ‘बुवा’ शिर्षकमा छोटो फिल्म प्रतिस्पर्धा आयोजना गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ट १० मा पर्न सफल छोटा चलचित्र प्रदर्शन गरिएको थियो । जसमा ‘बाबा माई बेष्ट फ्रेन्ड, बाबालाई पत्र, टू माई फादर, ड्याड, सन एन्ड ल्यापटप, दि इन्ड अफ कल्चर, मेरो बाबा, वल्ड एज होम, वुवा, वुबा, बुवा’ चलचित्र अन्तिम १० प्रतिस्पर्धामा थिए ।

नकिम उद्दिन, आसिफ शाह र विद्या चापाँगाइको निर्णायक टिमले चलचित्रको मुल्यांकन गरेको थियो । जसमा ‘वुबा’ शिर्षकमा बनेको छोटो चलचित्र विजयी भएको छ । उत्कृष्ट भएसँगै यसको टिमले १ लाख नगद पुरस्कार समेत जितेको छ । यस्तै, ‘फस्ट रनरअप’को उपाधि चलचित्र ‘दि इन्ड अफ कल्चर’ले जित्यो । यो छोटो चलचित्रलाई ७५ हजार पुरस्कार प्रदान गरिएको थियो ।

यस्तै, सेकेन्ड रनरअपको उपाधि ‘वल्ड एज होम’ले जित्यो । यो छोटो चलचित्रले ५० हजार पुरस्कार जितेको छ । यस्तै, २५ हजार नगदसहित दुई छोटा चलचित्रलाई ‘कन्सोलेसन अवार्ड’ प्रदान गरिएको थियो । जसमा ‘बुवा र ड्याड, सन एन्ड ल्यापटप’ले ‘कन्सोलेसन अवार्ड’ प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?