+
+

श्री एयरलाइन्सको कान्छो जहाज काठमाडौं ओर्लियो

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १२ गते १८:५५

१२ भदौ, काठमाडौं । श्री एयरलाइन्सको छैठौं जहाज काठमाडौं आइपुगेको छ । कम्पनीका प्रवन्धक अनिल मानन्धरका अनुसार बम्बाडियर ९एन-एएनइ जहाज बिहीबार अपरान्ह साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

यसअघि जहाज बुधबार नै काठमाडौं आउने कार्यक्रम थियो । भारतको अहमदावादबाट उडेको जहाज प्रतिकुल मौसमका कारण पटना विमानस्थलमा डाइभर्ट गर्नुपर्‍यो । बिहीबार मात्र जहाज काठमाडौं आइपुगेको मानन्धरले जानकारी दिए । क्यानडामा निर्मित यो जहाज क्यानडाबाट भारतको अहमदावाद हुँदै काठमाडौं ल्याइएको हो ।

श्री एयरलाइन्सले १ भदौमा मात्र पाँचौ जहाज भित्र्याएको थियो । मे २०१७ बाट आन्तरिक उडान थालेको यस कम्पनीले बम्बाडीयर सीआजे एयरक्राफ्टमार्फत सेवा दिइरहेको छ । यो जहाज ८० सीट क्षमताको हो । श्री एयरलाइन्सले निकट भविष्यमा अन्तर्राष्ट्रिय उडान समेत थाल्दैछ । एक महिना अगाडि मात्र कम्पनीले अन्तर्राष्ट्रिय सेड्यूल उडानको अनुमति पाएको थियो । श्रीले भारतका ४ र बंगलादेशको एक शहरमा उडान गर्ने गरी अन्तर्राष्ट्रिय लाइसेन्स प्राप्त गरेको छ ।

आन्तरिकका १० गन्तब्यमा उड्ने

श्रीले छैठौं जहाज ल्याएसँगै तीन गन्तब्य बिस्तार गर्दैछ । अब जनकपुर, सीमरा र पोखरामा श्री एयरलाइन्सको जहाज उड्नेछ । यसअघि तराईका सबै ठूला विमानस्थलमा श्री एयरलाइन्सको उडान पुगिसकेको छ ।

माउन्टेन फ्लाइटसहित कूल १० गन्तब्यमा उडान हुने कम्पनीको भनाई छ । श्री एयरलाइन्स निजी लगानीका वायुसेवा कम्पनीमध्ये बढी जहाज भएको तेस्रो ठूलो वायुसेवा कम्पनी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?