+
+

सिंहदरबार भित्रैबाट मोटरसाइकल चोरी

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १६ गते १६:०६

१६ भदौ, काठमाडौं । मुलुकको केन्द्रीय प्रशासनिक केन्द्र सिंहदरबार भित्रैबाट दुईवटा मोटरसाइकल चोरी भएका छन् । ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयको पार्किङ क्षेत्रमा राखिएका २ वटा मोटरसाइकल १२ गते चोरी भएको हो ।

बा २ ब ८३०२ नम्बरको सरकारी र ज ९ प ५९३९ नम्बरको निजी मोटरसाइकल चोरी भएको ऊर्जा मन्त्रालयका अधिकारीले बताएका छन् । चोरी भएको मध्ये सरकारी मोटरसाइकल ऊर्जा मन्त्रालयकै इन्जिनियर दीनेश श्रेष्ठले प्रयोग गर्दै आएका थिए ।

‘१२ गते एक घण्टाको फरमा दुईवटै बाइक चोरी भएको हो, सरकारी बाइक ३ः३० बजे र निजी ४ः३० बजे चोरी भएको सीसी टिभी फुटेजबाट देखिएको छ,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘फुटेजमा चोरी गर्ने मान्छेले एउटै रंगको कपडा लाएको छ, दुबै बाइक चोरी गर्ने एकै व्यक्ति हुनसक्छ ।’

महानगरी प्रहरी प्रभाग सिंहदरबारका डीएसपी कौशल बुढाथोकीले मोटरसाइकल चोरी भएको पुष्टि गरे । चोरी भएको सूचना आएपछि यतिबेला अनुसन्धान गरिरहेको डीएसपी बुढाथोकीले बताए ।

उनका अनुसार प्रहरीको अपराध अनुसन्धान महाशाखाले समेत यो घटनाका विषयमा अनुसन्धान गरिरहेको छ ।

चोरी भएको स्थान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ५० मिटर नजिक पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?