+
+

एटीएम ह्याकिङविरुद्ध अपरेशन थालिएलगत्तै केरुङ भागेका थिए लुक्ली

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १६ गते २०:४९

१६ भदौ, काठमाडौं । नेपाली बैंकका एटीएम प्रणाली ह्याक गरेर करिब दुई करोड चोरिएको प्रकरणमा विमानस्थलबाट पक्राउ परेका चिनियाँ नागरिक सु लुक्ली केरुङ गएर फर्किएको खुलेको छ ।

शनिबार अपरान्ह दरबारमार्गको नबिल बैंकको एटीएममा अस्वभाविक गतिविधि देखिएपछि अनुसन्धान थालिएको थियो । लगत्तै, चिनियाँ नागरिक ईसी १९३७५५८ नम्बरको राहदानी बाहक झु लियांग एटीएम छेऊबाट पक्राउ परेका थिए ।

‘प्रहरीले खनतलासी लिने क्रममा वीच्याटमा चिनियाँ भाषामा उनले समूहलाई प्रहरी फन्दामा परेको सूचना दिएका रहेछन्’, अनुसन्धानमा संलग्न एक अधिकृतले अनलाइनखबरसँग भने, ‘त्यो थाहा पाउने वित्तिकै जय नेपालमा रहेको होटलबाट लुसलीसहित ३ जना पैसा बोकेर भागेका थिए ।’

होटल माया मनोहर बुटिकको छैठौं तलामा रहेका चिनियाँ नागरिक झु लियांग, विक विन, क्यु याङयिङ, लु जियालिङ र लिन जिनमिङ भने भाग्दाभाग्दै पक्राउ परेका थिए । उनीहरुको साथबाट एक करोड २६ लाख २९ हजार नेपाली रुपैयाँ बरामद भएको थियो ।

दोस्रो तलाबाट भागेका लुक्ली भने केरुङ नाका पुगेको देखिएको अनुसन्धानमा संलग्न अधिकृत बताउँछन् । ‘उनी त्यहाँबाट चीन प्रवेश गर्न खोजेको देखिन्छ’, एक अधिकृतले सुनाए, ‘तर, सुरक्षा व्यवस्था कडा भएकोले हुनसक्छ त्यहाँबाट छिर्न नसकेर फेरि काठमाडौं फर्किएको हुनसक्ने देखिएको छ ।’

फर्किएर विमानस्थलमा प्रवेश गरेलगत्तै सीसी टीभीको दृश्य बोकेर फरार ३ जनाको खोजी गरिरहेको प्रहरीले उनलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा क्रममा उनको साथबाट ६ हजार अमेरिकी डलर पनि बरामद भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?