Comments Add Comment

सहपाठी पक्राउको विरोधमा सिएमसीका विद्यार्थीद्वारा प्रर्दशन

१७ भदौ, चितवन । चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी पक्राउको विरोधमा विद्यार्थीहरुले मंगलबार भरतपुरमा र्‍यालीसहित प्रर्दशन गरेका छन् ।

प्रहरीले चिकित्सा शिक्षा संर्घष समितिका अभियन्ता प्रविन स्याङ्तानलाई कोठाबाट नै पक्राउ गरेपछि विद्यार्थीहरु आन्दोलित बनेका हुन् । प्रविन बिडिएस अन्तिम बर्षमा पढ्ने विद्यार्थी हुन् ।
चितवन मेडिकल कलेजको परिसरबाट सुरु भएको र्‍याली भरतपुरको चौविसकोठीबाट जिल्ला प्रहरी कार्यालय जान लाग्दा प्रहरीले रोकेपछि त्यही नै विद्यार्थीले प्रर्दशन गरेका थिए ।

विनाकारण पक्राउ परेका विद्यार्थी नेता स्याङ्तायनको तत्काल रिहाईको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

मेडिकल कलेजले तोकिएको भन्दा जथाभावी शुल्क लिएको विषयमा आन्दोलनरत विद्यार्थी नेतालाई पक्राउ गरिनु लज्जास्पद भएको आन्दोलनरत विद्यार्थीहरुले बताएका छन् । पक्राउ परेका स्याङ्तानलाई नछाडे आन्दोलनलाई चर्काउँदै लैजाने चेतावनी उनीहरुले दिएका छन् ।

शिक्षा मन्त्रालयले समेत शुल्ककाबारेमा छलफल गर्न बोलाएको सन्र्दभमा विद्यार्थी नेता पक्राउ गरिनु आपत्तीजनक भएको विद्यार्थी नेता प्रकाश चन्दले बताए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता एकनारायण कोइरालाले केही कुरा सोधपुछका लागि प्रविनलाई पक्राउ गरिएको जानकारी दिए । उनी अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment