
काठमाडौं । ओमानको वायुसेवा कम्पनी सलाम एयरले काठमाडौंमा दैनिक उडान गर्ने भएको छ । सातामा तीन उडान गरिरहेको कम्पनीले आगामी साताबाट दैनिक उडान विस्तारको घोषण गरेको हो ।
कम्पनीले एक वर्ष अगाडी नेपालमा उडान शुरु गरेको थियो । कम्पनीकाअनुसार यस अवधिमा करिब ५० हजार यात्रु बोकिसकेको छ ।
आगामी वर्ष यात्रु सख्या दोब्बर बनाउने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।
सलाम एयरले ९ जहाजबाट विभिन्न २० गन्तव्यमा उडान गर्दै आएको छ । नेपालमा यस कम्पनीको उडान व्यवस्थापन आर्इएमर्इ इन्सेन्टिभ ट्राभल्सले गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4