+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

विगतका अदूरदर्शी शासकका कारण देश शिक्षामा पछि पर्‍यो : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २२ गते ८:००

२२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदूरदर्शी शासकका कारण देशको शिक्षा पछि परेको बताएका छन् ।

४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आइतबार एक शुभकामना सन्देश जारी गर्दै उनले वेदका ऋचा तथा औषधिहरूको आविष्कार सबैभन्दा पहिले नेपालमा भए पनि शासकको अदूरदर्शिताका कारण त्यसपछिका दिनमा शिक्षाले अपेक्षाकृत गति समाउन नसकेको दाबी गरे ।

‘ज्ञानभूमिका रूपमा नेपाल जुन गतिमा अगाडि बढ्नु पर्दथ्यो, विगतका शासकहरूको अदूरदर्शिताले अपेक्षाकृत गति समाउन सकेन’, प्रधानमन्त्रीले आफ्नो सन्देशमा भनेका छन्, ‘तर अब नेपाल पछाडि परिरहन सक्दैन ।’

विकास र निर्माणका लागि अति आवश्यक नवप्रवर्द्धनात्मक सोचको आधारमा जीवनोपयोगी शिक्षाको विकास सरकारको प्राथमिकतामा परेकाले आगामी दिनमा नेपालको शैक्षिकस्तर माथि उठ्ने प्रधानमन्त्रीको विश्वास छ ।

वर्तमान शिक्षा प्रणाली अव्यवहारिक भएको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले व्यवहारिक, प्राविधिक र रोजगारमूलक शिक्षामा जोड दिएका छन् । देशका शिक्षण संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना नभएर देशका लागि आवश्यक जनशक्ति उत्पादन केन्द्र बन्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ । त्यसका लागि आधारभूत तहदेखि नै पाठ्यक्रम लागू हुनुपर्ने प्रधानमन्त्रीको सुझाव छ ।

सार्वजनिक शिक्षा प्रणालीमा रहेका कमी–कमजोरीको पहिचान गर्दै शिक्षालाई गुणस्तरीय, प्रविधिमैत्री, रोजगारमूलक र उत्पादनमुखी बनाउन गरिनुपर्ने सुधारका कामहरुलाई सरकारले महत्त्व दिएको पनि उनले सन्देशमा उल्लेख गरेका छन् ।

हालसम्म ५१ जिल्ला पूर्ण साक्षर घोषणा भइसकेकाले बाँकी जिल्ला पनि २ वर्षभित्र साक्षर भइसक्ने दाबी प्रधानमन्त्रीको छ ।

सेप्टेम्बर ८ लाई विश्वभर अन्तर्राष्ट्रिय साक्षरता दिवसका रुपमा मनाइने गरिन्छ । नेपाल पनि आजैको दिन अन्तर्राष्ट्रिय साक्षरता दिवससँगै राष्ट्रिय शिक्षा दिवस मनाउँदै आएको छ । यस अवसरमा आज देशभर विधि कार्यक्रम गरिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?