+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

पोस्टरको अन्तरकथा : मासुको प्रचारमा यसरी आयो गाई !

विभागका प्रवक्ता भन्छन् : डिजाइनरको गल्ती

नवीन ढुंगाना नवीन ढुंगाना
२०७६ असोज ७ गते १५:२८

७ असोज, काठमाडौं । स्वस्थ मासुको प्रचारमा गाईको तस्वीर राखेपछि स्वास्थ्य सेवा विभागको चर्को आलोचना भयो ।

‘बधशालादेखि भान्छासम्म स्वच्छ र स्वस्थ मासु’ शीर्षकको पोष्टरमा गाई मात्र नभएर पाठोलाई दूध खुवाउँदै गरेको बाख्रीको फोटो समेत राखिएको थियो । राष्ट्रिय जनावरलाई मासुजन्य पदार्थका रुपमा प्रचार गरेको भन्दै सामाजिक सञ्जालमा पशु सेवा विभागको चर्को आलोचना भइरहेको छ ।

विभागले पनि गल्ती स्वीकार गरेर माफी मागेको छ ।

तर यो पोष्टर विभागले एक वर्ष अगाडिदेखि नै प्रयोगमा ल्याएको पाइएको छ । पशुपन्छीको स्वास्थ्य जाँच गर्न फिल्डमा जाने एउटा भ्यानको पछाडिपट्टिको ढोकामा टाँसिएका दुईमध्ये यो एउटा पोष्टर थियो । एघारवटा फोटो प्रयोग गरिएको पोष्टरमा गाई र बाख्रीसहित राँगो, भेडा, बंगुर, हाँस र माछाका तस्वीर छन् ।

राष्ट्रिय जनावर गाईलाई मासुजन्य पदार्थका रुपमा प्रचारित गर्नु विभागको गम्भीर गल्ती थियो ।

तर उसले एक वर्षसम्म आफूले गरेको तल्ती थाहा पाएन । भ्यानमा टाँसिएको तस्वीर कसैले खिचेर सामाजिक सञ्जालमा हालिदिएपछि भाइरल बन्यो । सञ्चार माध्यमहरुले पनि प्रश्न उठाएपछि विभागले हतारहतार माफी मागेको छ ।

आखिर यस्तो आलोच्य पोष्टर डिजाइन कसरी भयो त ? विभागका प्रवक्ता डा. चन्द्र ढकालकाअनुसार स्वस्थ मासु खान र स्वस्थ दूध पिउन अभिप्ररित गर्ने दुई खाले पोष्टर निकालिएको थियो । यसको छपाईका लागि कार्यालयबाहिरका डिजाइनरलाई ‘स्लोगन’ मात्रै आफूहरुले दिएको उनी बताउँछन् ।

‘एउटा पोष्टरमा दूध खुवाउने र खाने तथा अर्कोमा मासुजन्य पदार्थको फोटो राखेर पोष्टर छाप्न भनेका थियौं,’ ढकालले भने, ‘तर डिजाइनरले मासुको पोष्टरमा दूध खुवाउने जनावरको पनि फोटो हालेर डिजाईन गरेछन् ।’

पोष्टर छापिएर आएपछि आफूहरुको पनि ध्यान नपुगेको उनले स्वीकार गरेका छन् । ‘पोष्टर डिजाईन गर्नेको कमजोरी र हाम्रो ध्यान नपुग्दा जनतालाई आघात पुग्यो होला, त्यसका लागि विभाग क्षमा चाहन्छ,’ प्रवक्ता ढकालले भने ।

अहिले दशैंका लागि यो पोष्टर डिजाइन नभएको र अन्यत्र प्रयोग पनि नभएको विभागले दाबी गरेको छ । तर उक्त पोष्टर कति थान छापिएको थियो र यसका लागि कति खर्च भएको छ भन्ने चाहिँ विभागले खुलाएको छैन ।

लेखक
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?