Comments Add Comment

सामसुङले किन उडायो हुवावेको मजाक ?

चीनको दिग्गज स्मार्टफोन निर्माता कम्पनी हुवावेले केही दिनअघि मेट ३० सिरिजको स्मार्टफोन लञ्च गरेको थियो ।

हुवावे मेट ३० सिरिजका स्मार्टफोनले सामसुङ ग्यालेक्सी नोट १० लाई कडा टक्कर दिएको छ । तर अमेरिका र चीनबीचको व्यापार युद्धका कारण मेट ३० सिरिजका डिभाइसमा गुगल एप्सको सपोर्ट प्राप्त हुनेछैन । हुवावेले नै तयार गरेको प्लाटफर्मममा मेट ३० सिरिजका स्मार्टफोन चलिरहेका छन् ।

उता हुवावेको प्रतिस्पर्धी कम्पनी सामसुङले हुवावेको मजाक उडाउँदै ल्याटिन अमेरिकामा केही विज्ञापनिक सूचना जारी गरेको छ ।

सामसुङले प्रयोगर्काहरुलाई गुगलको तर्फबाट दिइएका सेवाहरुको मज्जा उठाउन अपिल गरेको छ ।

हुवावेको मजाक उडाउँदै सामसुङले भनेको छ कि हुवावे मेट ३० सिरिजका प्रयोगकर्ताले गुगल फोटो, गुगल म्याप्स, युट्युब, गुगल प्ले स्टोर र क्रोमको प्रयोग गर्न सक्ने छैनन् । अर्कोतर्फ नोट १० मा चाहीँ प्रयोगकर्ताले ४ महिनासम्म निशुल्क युट्युब सेवा प्राप्त गर्न सक्नेछन् ।

स्मरण रहोस् यसअघि हुवावेले सामसुङ ग्यालेक्सी नोट सिरिजका विषयमा केही गम्भीर आरोप लगाएको थियो ।

ग्यालेक्सी नोट १० को स्वरुप धेरै हदसम्म आफ्नो पि ३० सिरिजसँग मिल्दोजुल्दो रहेको हुवावेको दाबी छ ।

हुवावेको त्यस्तो आरोपपछि यी दुई कम्पनीहरुबीच खिचातानी चलिरहेको छ ।

विश्वको स्मार्टफोन बजारमा हुवावे र सामसुङ मूख्य प्रतिस्पर्धीको रुपमा रहेका छन् । पहिलो स्थानमा सामसुङ रहँदा दोश्रो स्थानमा हुवावेले पछ्याइरहेको छ ।

यद्यपि हुवावेले मेट ३० सिरिजका स्मार्टफोन युरोपेली बजारमा ल्याइसकेको छैन ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment