+
+

वाणिज्य विभागद्वारा ठगी गर्ने १७४ व्यापारीलाई जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १० गते १९:४५

१० असोज, काठमाडौं । चाडपर्वमा उपभोक्तामाथि ठगी गर्ने १७४ व्यावसायीलाई वाणिज्य विभागले जरिवाना गरेको छ । नयाँ आर्थिक वर्ष सुरु भएपछि मात्रै जरीवाना वापत विभागले २४ लाख ४७ हजार रुपैयाँ संकलन गरेको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी थिए ।

विभागले साउनदेखि बिहीबारसम्म ४०१ वटा व्यवसायमा अनुगमन गरेको थियो । जसमध्ये १ सय ७४ पसललाई जरिवाना, ४५ पसललाई सिलबन्दी तथा रोक्का, ९ वटा पसलबाट नमूना संकलन गरिएको छ । यस्तै २ सय २२ वटालाई स्पष्टीकरण सोधिएको तथा २ वटा व्यवसायमाथी कालो बजारी अभियोगमा मुद्धा दायर गरिएको विभागले जनाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आफू ठगिएको सूचना दिन उपभोक्ता गुनासो कक्षा सञ्चालनमा ल्याउने भएको छ । मन्त्री मातृकाप्रसाद यादवले जनताले सिधै मन्त्रालयमा खबर गर्न सक्ने गरी साहायता कक्षा सञ्चालनको तयारी भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?